नेपाली कांग्रेसका तर्फबाट गोदावरी १ को वडा अध्यक्षमा देवकोटाको दावी

अत्तरिया, ६ बैशाख- कैलालीको गोदावरी नगरपालीका वडा नं. १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट अशोकराज देवकोटाले दावी पेश गरेका छन् । देवकोटाले मंगलबार नेपाली कांग्रेसको नगर पार्टी कार्यालयमा आफ्नो दावी पेश गरेका हुन्।

Dadeldhura hospital

देवकोटा नेपाली कांग्रेस गोदावरी नगर समितिका वर्तमान सचिव हुन् । २०५६ सालदेखी कांग्रेसको राजनीतीमा सक्रीय उनी वडाबासीहरु बिच लोकप्रीय मानिन्छन् । उनले आफुले टिकट पाएमा वडाको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयलाई प्राथमीकतामा राखेर काम गर्ने बताएका छन् ।

Navadurga sun
Godawari sandesh

उनले आफ्नो सम्बन्ध संघ र प्रदेशमा समेत राम्रो सम्बन्ध भएकाले वडाको चौतर्फी विकासका लागी माथी बाट समेत बजेट ल्याई विकास गर्ने बताएका छन् । उनले आफु वडा अध्यक्ष भएका वडा नम्बर १ लाई देशकै नमुना वडा बनाउने बताएका छन्।

नगरपालीका संग वडाकालागी सिमित बजेट हुन्छ देवकोटाले भने ‘त्यो बजेटले केहि सिमित कामहरु मात्रै गर्न सकिन्छ त्यसैले थप विकासका लागी माथीको बजेट समेत आवश्यक पर्छ जुन मैले गर्न सक्छु ।’ आफुले टिकट पाउनेमा विश्वस्त रहेको पनी उनले बताएका छन् ।

Loading...