गोदावरीमा कांग्रेसको तर्फबाट मेयर र उपमेयरमा ६/ ६ जनाको दाबी

अत्तरिया, ६ बैशाख– गोदावरी नगरपालिकामा नगरप्रमुखको लागी नेपाली काँग्रेसको तर्फबाट ६ जनाले निबेदन दिएका छ्न। नगरकार्य समिती मार्फत उनिहरुले मेयरको दाबी प्रस्तुत गरेका हुन । सोमबार देखी मंगलबार साँझ ४ बजे सम्म नगरसमितीले दाबी पेश गर्न भनेको थियो ।

Ganyapdhura gau
Dadhaldhura pur

मेयरमा दाबी गर्नेहरुमा गत स्थानिय निर्बाचनमा मेयर मै पराजित बिरेन्द्र भट्ट, नगर सभापती वीर बहादुर चोखाल, पूर्व नगर सभापती हेम प्रकाश उप्रेती, पूर्व क्षेत्रिय सचिब लोकराज पाण्डे ’आगो’, कांग्रेस नेता धर्मराज भट्ट र डम्मर सिं कडायत रहेका छन ।

Navadurga sun

काँग्रेसका नगर सचिब अशोकराज देबकोटाका अनुसार ६ जनाले नै नगरउपप्रमुखमा दाबी गरेका छन । जसमा भगबती पाठक र शान्ती सिंह शाही, शारदा कुमारी साउँद, लक्ष्मी कुमारी भट्ट, जानकी पाल, शिबा देबी कडायत रहेका छन । सचिब देबकोटाले निबेदन नगर समितीमा आएकाले अब जिल्लामा पठाइने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...