कांग्रेसको तर्फबाट गोदावरीको मेयरमा हेमप्रकाश उप्रेतीको दावी





अत्तरिया, ५ बैशाख- कैलालीको गोदावरी नगरपालीकाको नगरप्रमुखको लागी नेपाली कांग्रेसको तर्फबाट हेमप्रकाश उप्रेतीले दावी पेश गरेका गरेका छन् । उप्रेतीले सोमबार पार्टीको नगर कार्यालयमा आफ्नो दावी पेश गरेका हुन् ।


उप्रेती २०३६ सालदेखी नेपाली कांग्रेसमा सक्रिय रहेका छन् । उनले टिकट पाउनेमा आफु ढुक्क रहेको समेत बताएका छन् । कांग्रेस गोदावरीले गोदावरी नगरपालीकाको प्रमुख उपप्रमुखका लागी दावी पेश गर्न भोली (मंगलबार) सम्मको समय दिइएको छ ।

