कैलालीकाे अत्तरिया चोकमा स्व. राजा महेन्द्रको शालीक अनावरण





अत्तरिया ५ बैशाख- कैलालीको अत्तरिया चोकमा आज स्व. श्री ५ राजा महेन्द्रको साढे ६ फिट अग्लो शालीक अनावरण गरिएको छ ।






शालीकको लोमस गिरिजी महाराज मठाधिश निरन्जनी अखाडाले अनावरण गरेका हुन् । २०६२/६३ को दोस्रो जनआन्दोलनका क्रममा शालीक भत्किएको थियो ।

शालिक पुनः निर्माण समिती गोदावरी अत्तरियाले स्थानियको पहलमा शालीक पुनः निर्माण गरि अनावरण गरिएको हो । सालिक अनावरण अघि बाजागाजा सहित र्यालीले नगर परिक्रमा गरेका थिए ।



