मतदानस्थलहरुको सिडियो नेतृत्वको सुरक्षा समिति कैलालीद्वारा अनुगमन

कैलाली, ४ बैशाख- जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ। यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गरेको हो।

Ganyapdhura gau

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्धारण गरिएका मतदानस्थल तथा केन्द्रको अनुगमन गरिएको जनाइएको छ। जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख प्रजिअ किरण थापाले कैलालीको हाइवे क्षेत्र, मोहन्याल, चुरेलगायतका निर्वाचन क्षेत्रको अनुगमन निरीक्षण गरिसकिएको जानकारी दिए।

Navadurga sun
Dadhaldhura pur

मतदानस्थलमा सुरक्षा संवेदनशीलता, निर्वाचनको समयमा अपनाउनुपर्ने सुरक्षा नीति, मतदाता, उम्मेदवार र मतपेटिकाको सुरक्षाका सम्बन्धमा स्थलगत अध्ययन भइरहको उनको भनाइ छ। जिल्ला सुरक्षा समितिले मतदानस्थल पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिइएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए। प्रायः एउटा मतदानस्थलमा दुईवटा मतदान केन्द्र राखिएको उनले जानकारी दिए।

सुरक्षा समितिले अनुमगन गरिएको क्षेत्रमध्ये चुरे क्षेत्रको मतगणनाका लागि गाउँपालिकाको कार्यालयलाई तोकिएको छ। सुरक्षा अवस्था र फराकिलो ठाउँ भएकाले गाउँपालिकाको कार्यालय भवनमा मतगणना गरिने व्यवस्था मिलाइएको निर्वाचन अधिकारी भट्टले बताए।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता सङ्ख्या रहेको कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र निर्धारण गरिएको छ। जसमा अतिसंवेदनशीलमा ५२, संवेदनशील ५३ र १३१ सामान्य मतदानस्थलमा वर्गीकरण गरिएको जनाइएको छ। (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...