सुदूरपश्चिमाञ्चल साहित्य समाजको १० औं साधारणसभा सम्पन्न, अध्यक्षमा पाण्डेय





धनगढी, ३ बैशाख– सूदू्रपश्चिमाञ्चल साहित्य समाजको १० औं साधारणसभा सम्पन्न भएको छ । शनिबार धनगढीमा सम्पन्न साधारणसभाबाट सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा तिर्थराज पाण्डेय निर्विरोध चयन भएको निर्वाचन अधिकृत गणेशराज जोशीले बताए ।



त्यस्तै समितिको उपाध्यक्षमा ३ जना चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा हरिकृष्ण कडायत, उपाध्यक्षमा रुपा स्वार र टोपेन्द्र शाह चयन भएका हुन् । त्यस्तै महासचिवमा गणेश नेपाली, सचिवमा तोयनाथ भट्ट, कोषाध्यक्षमा दुर्गा मल्ल, सहकोषाध्यक्ष यशोदा भण्डारी निर्विरोध चयन भएका छन् ।


सदस्यहरूमा नवराज ओझा, दलबहादुर बोगटी, भुलिया राना, हेमन्ता शर्मा, दुर्गा जोशी, सानु चौधरी, प्रेमबहादुर चन्द निर्वाचित भएका छन् । यस्तै एक सदस्य मनोनित गर्न बाँकी रहेको जोशीले बताएका छन् ।



