डडेल्धुरामा विश्व सम्पदा दिवसको अवसरमा मन्दिर सरसफाई कार्यक्रम




डडेल्धुरा, ३ बैशाख– विश्व सम्पदा दिवसको अवसरमा डडेल्धुरामा सरसफाई कार्यक्रम गरिएको छ । एनएमबी बैंक शाखा डडेल्धुराले अमरगढी नगपालिकाको उग्रतारा भगवतीको मन्दिर र अजयमेरु गाउपालिका १ मा रहेको कोला समैजी देवताको मन्दिर परिसरमा सरसफाई गरेको हो ।



सम्पदा संरक्षण गर्ने उद्देश्यका साथ मन्दिरहरुमा सरसफाई गर्नुका साथै सरसफाई गर्न प्रयोग हुुने आवश्यक सामाग्री समेत प्रदान गरिएको शाखा प्रवन्धक विरेन्द्रबहादुर भण्डारीले बताए ।


‘सम्पदाको संरक्षण र सरोकार, सम्पन्न भविश्यको आधार’ भन्ने मूल नारा सहित जिल्लाका पुराना र धार्मिक ईतिहास रहेका मन्दिरहरुको शनिबार सरसफाई गरिएको एनएमबी बैकले जनाएको छ ।