कांग्रेस सुदूरपश्चिमको प्रचार-प्रसार उपसमितिको संयोजकमा देउवा

धनगढी, ३ बैशाख– सत्तारुढ नेपाली कांग्रेसले नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवालाई सुदूरपश्चिम प्रदेशको टेलिभिजन समन्वय तथा प्रचार-प्रसार उपसमितिको संयोजक तोकेको छ ।

Dadeldhura hospital

आसन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि गठित प्रचारप्रसार समिति अन्तर्गत देउवा सुदूरपश्चिमको उपसमिति संयोजक तोकिएका हुन् ।

Navadurga sun
Godawari sandesh

धनगढीका देउवा डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । यस्तै देउवाको नेतृत्वमा सुदूरपश्चिमका सबै जिल्लाबाट सदस्य मनोनयन गरिएको छ ।

देउवाको नेतृवमा कैलालीबाट शंकर बोहरा, कञ्चनपुरबाट महादेव अवस्थी, डडेल्धुराबाट धनबहादुर भण्डारी, डोटीबाट केशबचन्द्र महरा, अछामबाट खम्म खत्री, बैतडीबाट ईश्वर बोहरा, बझाङबाट रुपक खड्का, दार्चुलाबाट बासुदेब बडु र बाजुराबाट राजेन्द्रबहादुर रोकाया मनोनयन भएका छन् ।

Loading...