४ दलको बेग्लै गठबन्धन बन्यो कैलालीमा

Dadeldhura hospital

धनगढी, ३ बैशाख– आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धमा कैलालीमा विभिन्न ४ दलले बेग्लै गठबन्धन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) कैलाली, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीबीच चुनावी तालमेल गर्ने सहमति भएको हो । यो सँगै जसपाले कैलालीमा सत्ता गठबन्धनसँग चुनावी तालमेल नगर्ने निश्चित भएको छ ।

शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ती दलले गठबन्धन गरेको जानकारी गराएका छन् । साथै उनीहरुले गठबन्धन गर्ने सहमति पत्रमा समेत हस्ताक्षर गरेका छन् । उनीहरुले पहिचान र अधिकारलाई मुख्य मुद्दा मानेर चुनावमा होमिने बताएका छन् ।

Navadurga sun
Godawari sandesh
Loading...