आफ्नै शरीरमा आगो लगाएका चौधरीको मृत्यु





धनगढी, २ बैशाख– जिल्लाको कैलारी गाउँपालिका–२ मझेराका २९ बर्षिय अम्मर चौधरीले आफ्नै शरीरमा डिजल छर्किएर आत्महत्या गरेका छन् । मादक पदार्थ सेवन गरी बिहीवार राति आफ्नै शरीरमा डिजल छर्केर आगो लगाएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।


आगो लगाएको जानकारी प्राप्त भएपछि त्यहाँ प्रहरी टोली पुगेर उपचारका लागि सेती अस्पतालमा भर्ना गरेको थियो । उपचार भइरहेकै अवस्थामा चौधरीको शुक्रवार बिहान करिब साढे ६ बजे मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

