कैलालीको अत्तरियामा नयाँ व्यवस्थापनका साथ कोपिला द प्रि-स्कुल संचालनमा





अत्तरिया, १ बैशाख- कैलालीको अत्तरियामा नयाँ व्यवस्थापनका साथ कोपिला द प्रि-स्कुल संचालनमा आएको छ ।सुदूरपश्चिममा मन्टेश्वरी विधिबाट बालबालिकाहरुको स्तरीय पठनपाठनको लागि कोपिला द प्रि-स्कुल महेन्द्रनगर रोड लोटस गल्ली आदर्श टोल अत्तरियामा उक्त स्कुल संचालनमा ल्याइएको हो ।






बालबालिकाहरुका लागी राम्रो पढ्ने वातावरण संगै राम्रो सेवा सुबिधा रहेको व्यवस्थापक मनोज परियारले बताए । उनले आफ्नो नानी बाबुहरुलाई स्कुल भर्ना गर्न चाहने अभिभावकहरुलाई अनुरोध समेत गरेका छन् ।
उक्त स्कुलमा बाहिर देशका भोलिन्टिएर शिक्षकहरुद्वारा पठनपाठन गराउने व्यवस्था समेत रहेको छ । स्कुलको आफ्नै भ्यान समेत रहेको व्यवस्थापक परियारले बताए ।



