सुविधा सम्पन्न अत्तरिया हस्पिटलको सेवा आजदेखि सुचारु

अत्तरिया, १ बैशाख- सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरियामा बिहीबार देखि सुबिधा सम्पन्न अत्तरिया हस्पिटल प्रा‍लिले आफ्नो सेवा सुचारु गरेको छ । निजी क्षेत्रको लगानीमा अत्तरियाको मुख्य बजार क्षेत्र महेन्द्रनगर रोडमा निर्माण गरिएको हस्पिटलले आफ्नो सेवा सुचारु गरेको हो ।

हस्पिटलका प्रशासन प्रमुख डिल्ली पाठकले नयाँ बर्षको अवसर पारेर हस्पिटल संचालनमा ल्याएको बताएका छन् । हस्पिटल संचालनका लागि आफ्नै ५ तले सुबिधा सम्पन्न भवन निर्माण गरिएको छ ।

Dadeldhura hospital

हाल १५ शैय्याको अनुमति पाइसकेको उक्त अस्पतालले १ सय बेड संचालन गर्ने गरी प्रक्रिया अगाडी बढाएको हस्पिटल प्रशासनले जनाएको छ । जसमा करिब ११/११ बेडका आइसियु र एनआइसियु, १६ वटा क्याबिन सहित प्रसुती, जनरल, इमर्जेन्सि र दैविक प्रकोप र महामारीका लागि पनि छुट्टै बेडको व्यवस्था गरिन लागिएको हस्पिटल प्रशासनले जनाएको छ ।

हस्पिटलबाट सबै किसिमका डायग्नोष्टिक सेवा, जटिल प्रकारका अपरेशन सेवा समेत प्रदान गर्ने गरी काम अगाडी बढीरहेको प्रशासन अधिकृत पाठकले बताए ।

सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक सबै प्रकारका रोगहरुको निदान गरिने गरी हस्पिटल संचालनमा ल्याएको प्रशासन अधिकृत पाठकले बताए ।

Loading...