अत्तरियामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, पुस्तक बिमाेचन

प्रकाशबहादुर बाेहरा
अत्तरिया, १ बैशाख- कैलालीकाे अत्तरियामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएकाे छ । २०७९ सालकाे शुभमामना कार्यक्रम राष्ट्रिय लाेक सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति अत्तरिया कैलालीको आयाेजनामा सम्पन्न गरिएकाे हाे ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त शुभकामना कार्यक्रम राष्ट्रिय लाेक सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति अत्तरिया कैलालीका लिलाधर बास्काेटाकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथी सामाजीक बिकास राज्यमन्त्री टेक बहादुर रैका रहेका थिए ।

Dadeldhura hospital

उक्त शुभकामना कार्यक्रममा पुस्तक समेत बिमाेचन गरिएकाे छ । आचार्य पं.द्राेणाचार्य शास्त्रीद्वारा रचित तथा खगेन्द्र राज जाेशीद्वारा प्रकाशित संकार हाे जीवन नामक खण्डकाव्य पुस्तक बिमाेचन गरिएकाे छ । उनले पुस्तक बिमाेचन गर्दै जीवन के हाे लगायत शिक्षादिक्षा एउटा संकार भएकाे बताए । उनकाे उक्त कृति छैटाै संरणकाे रूपमा प्रकाशीत गरेकाे बताए । आफ्नो अर्को कृति गाै सम्वन्धमा अर्थात गाईका बारेका प्रकाशित गर्न लागेकाे उनले बताए ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रममा बिबिध सांकृतिक कार्यक्रम समेत प्रस्तुत गरिएकाे थियाे भने अत्तरियामा रहेकाे न्यू सत्कार दाेहाेरी सांझका कलाकारहरूले समेत आफ्नाे प्रस्तुती समेत दिएका थिए ।

कार्यक्रमकाे संचालन प्रतिष्ठान केन्द्रीय समितिका सचिव गाेमा ढकालले गरेकी थिइन् ।

Loading...