कैलाली प्रहरीको कमाण्ड एसपी राठौर सम्हाल्न आँउदै

धनगढी, ३० चैत– जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक विश्व अधिकारीको काज सरुवापछि उनको स्थानमा सोमेन्द्रसिंह राठौर आउँदैछन् । अधिकारीको केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएपछि उनको स्थानमा एसपी सोमेन्द्रसिंह राठौर कैलाली प्रहरीको कमाण्ड सम्हाल्न आउन लागेका हुन् ।


काज सरुवा गरिएका अधिकारी २०७८ असार तेस्रो साता कैलाली आएका थिए । करिब १० महिना पुरा गरेका अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोमा तानिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कैलालीमा एसपी सोमेन्द्रसिंह राठौरलाई पठाएका हुन् ।