बैतडीमा राष्ट्रिय परिचयपत्रका लागी २४ हजार भन्दा बढीको विवरण संकलन

बैतडी, २९ चैत– राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा २४ हजारभन्दा बढीको विवरण संकलन गरिएको छ । हालसम्म जिल्लाका डिलाशैनी, सिगाँस, दोगडाकेदार र पुर्चौडीमा गरी १६ हजार ५ सय ७१ र जिल्ला प्रशासन कार्यालयमा ७ हजार ८ सय ५९ गरी २४ हजार ४ सय ३० जनाको विवरण संकलन गरीएको हो ।

राष्ट्रिय परिचयपत्रका लागी डिलाशैैनीमा ८ हजार ३ सय ९६ जनाको विवरण संकलन गरीएको छ भने सिँगासमा ७ हजार २ सय ६ जनाको विवरण संकलन गरिएको छ । यसैगरी दोगडाकेदारमा २ सय ३४ र पुर्चौडीमा ७ सय ३५ जनाको विवरण संकलन गरीएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुरुवाती चरणमा जिल्ला प्रशासन कार्यालयमा विवरण संकलनको काम भएको थियो भने हाल वडास्तरमै उक्त कार्य भइरहेको छ । हाल अभियानकै रूपमा वडास्तरमा परिचयपत्र विवरण संकलनको कार्य भइरहेको सुचना अधिकारी भारतीले बताए ।

उनले चैत ७ गतेदेखि वडास्तरमा सञ्चालन भएको विवरण संकलनमा नागरिकको उत्साहजनक सहभागिता रहेको उनले बताए । ‘परिचयपत्र बनाउन विवरण दिने नागरिकको उत्साहजनक सहभागिता रहेको छ, सिगासमा ९५ प्रतिशत र डिलाशैनीमा ८८ प्रतिशत सहभागी भएका छन’ उनले भने ।

हाल दोगडाकेदार गाउँपालिका र पुर्चौडी नगरपालिकामा उक्त अभियान शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयबाट ७ हजार ८५९ जनाको विवरण संकलन भइसकेको सूचना अधिकारी भारतीको भनाइ रहेको छ ।

विवरण संकलनका लागि ३५ जना विवरण दर्ता अपरेटर खटाइएका छन् । एक पालिकामा कम्तीमा १५ दिन विवरण संकलनको काम हुनेछ । जिल्लाका अन्य स्थानीय तहमा पालैपालो अभियान सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Loading...