दोधाराचाँदनी प्राथमिक स्वास्थ्य केन्द्रको २४ घण्टै स्वास्थ्य सेवा उपलव्ध

कञ्चनपुर, २९ चैत– सामान्य उपचारका लागि पनि निकटवर्ती भारतीय शहर खटिमा जानुपर्ने बाध्यतामा रहेका कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका वासिन्दाले घरआँगनमै सेवा पाएको छ । दोधाराचाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा निक साइमन संस्थाको सहयोगले सुधार आएको हो ।

Dadeldhura hospital

निकले वार्षिक ४ लाख रुपैयाँ सहयोग गर्दै आएको स्वास्थ्य केन्द्रका प्रमुख डा. सुशील जोशीले जानकारी दिए । निकले नगदसँगै उपकरण सहयोग गरेको छ । संस्थाले ल्याब मशिन, ओपीडीका सामानहरू, इमर्जेन्सीका सामान उपलब्ध गराएको छ । निकबाटै पारिश्रमिक पाउने गरी १ डाक्टर, १ रेडियोग्राफर र १ स्टाफ नर्स सेवामा खटिएका छन् । संस्थाले मागअनुसार अन्य आवश्यक सहयोग पनि गर्दै आएको छ । हाल स्वास्थ्य केन्द्रमा २४ घण्टै सेवा उपलब्ध छ ।

केन्द्रमा ३१ जना जनशक्ति कार्यरत छन् । केन्द्रमा डाक्टर ३, प्यारामेडिकल ५, नर्सिङ ७, ल्याब ३, एक्सरे १ गरी ३१ जना जनशक्ति रहेका जोशीले बताए । निकको कार्यक्रम २ वर्षयता लागू भएको र ५ वर्षे सम्झौता रहेको जनाइएको छ । स्वास्थ्य केन्द्रले दिइरहेको सेवासुविधा अस्पतालसरह रहेको र देशभरमै उत्कृष्ट बनेको जनाइएको छ ।

स्वास्थ्य केन्द्र सुधारपछि गुणस्तरीय ल्याब सेवा सञ्चालन भएको, प्रसूति सेवामा टेवा पुगेको, नाक, कान, घाँटी जाँच गर्ने उपकरण जडान गरिएको, अल्ट्रासाउण्ड, एक्सरे, ल्याब सञ्चालनमा आएको छ । कञ्चनपुरको ३ नम्बर क्षेत्रका प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टको पहलमा निकको कार्यक्रम सञ्चालनमा आएको हो । सांसद भट्टको पहलमा स्वास्थ्य केन्द्रले मुहार फेरेको छ ।

Loading...