धनगढीमा सुरु भएको तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ समापन

धनगढी, २८ चैत– सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत २५ गते शुक्रवार देखि शुरु भएको तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ धनगढीमा सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा मार्ट सम्पन्न गरिएको थियो ।

मार्टमा सिमावर्ती भारतीय सहरहरु नैनीताल, देहरादुन लखिमपुर, बरेली, रुद्रपुर र भारतको राजधानी दिल्लीबाट करिब ६० जना टुर अपरेटरलाई क्रेताको रुपमा सहभागी गराई प्रदेशका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायकहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री प्रवद्र्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया बी टु बी गरिएको थियो ।

Navadurga sun

मार्टमा सातै प्रदेशका पर्यटकीय आकर्षणहरु झल्किने पेभिलियन, नौ वटा जिल्लाका स्टलका साथै टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुका आकर्षक स्टल राखिएका थिए । कार्यक्रममा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिहरु बीच टुर प्याकेजहरुको आदान प्रदान भएको छ ।

मार्टकै अवसरमा टुर अपरेटरहरुलाई यस क्षेत्रका कणर्ाली, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायत क्षेत्रहरुको अवलोकन भ्रमण गराइएको बोर्डले जनाएको छ । मार्टले क्रसबोर्डर पर्यटनलाई थप प्रवद्र्धन गर्ने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...