कर्मचारी संगठनद्वारा अत्तरियामा रहेको सेभ हाउसलाई फ्रिज सहयोग

अत्तरिया, ७ बैशाख- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग गरिएको छ । अनाथ एबम् असहाय महिलाहरुलाई लामो समयदेखी संरक्षण दिदै आएको सेभ हाउसलाई नेपाल निजामती कर्मचारी संगठन कैलालीले फ्रिज सहयोग गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठनको ३१ औँ स्थापना दिवसको अबसर पारेर सेभ हाउसलाई फ्रिज सहयोग गरेको निजामती कर्मचारी संगठन कैलालीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

Dadeldhura hospital

नेपाल निजामती कर्मचारी संगठन कैलालीका अध्यक्ष श्याम प्रसाद जोशीको सभापतित्वमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहेको थिए ।

त्यसैगरी कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र जोशी र केन्द्रिय लेखा परीक्षण आयोगका संयोजक जयदेव जोशी बिशिष्ट अतिथी रहेका थिए । २३ हजार ५ सय बराबरको उक्त फ्रिज प्रमुख अतिथी र बिशिष्ट अतिथीले सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरेका थिए । संगठनको स्थापना दिवसमा जिल्लाभरी बिभिन्न कार्यक्रमहरु गर्दै आएकोमा यस पटक अनाथ एबम् असहायहरुका लागि भनेर फ्रिज सहयोग गरिएको अध्यक्ष श्याम प्रसाद जोशीले बताए ।

स्थापना दिवसको अबसरमा आफ्नो संस्थामा पुगेर गर्मीको समयमा अति आवश्यक फ्रिज सहयोग गरेको नेपाल निजामती कर्मचारी संगठन कैलाली परिवारलाई अध्यक्ष मलासीले धन्यवाद दिए । कार्यक्रमको संचालन सचिब लक्ष्मण जोशीले गरेका थिए ।

Loading...