स्थानीय तह निर्वाचनका लागि डोटीमा १६ मतदान केन्द्र थपिए

डोटी, २४ चैत– वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोटीमा १६ मतदान केन्द्र थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लामा अब १ सय ७१ मतदान केन्द्र कायम भएका छन् ।

गत निर्वाचनमा जिल्लामा १ सय ५५ मतदान केन्द्र रहेका थिए । आयोगका अनुसार मतदान स्थलको संख्यामा भने १ सय १५ नै रहनेछ । गत निर्वाचनमा दिपायल सिलगढी नगरपालिका भित्र २२ मतदान स्थलमा २६ मतदान केन्द्र रहेका थिए । हाल तीन केन्द्र थप गरि २९ पुर्‍याइएको छ ।

Navadurga sun
Godawari sandesh

यस्तै शिखर नगरपालिकामा १६ मतदान स्थलमा २७ मतदान केन्द्र कायम गरिएको छ । यसअघि शिखरमा २५ मतदान केन्द्र रहेका थिए ।

Dadeldhura hospital

यसअघि पूर्वीचौकी गाउँपालिकामा मतदान स्थल १४, मतदान केन्द्र १९, आदर्शमा मतदान स्थल १४, मतदान केन्द्र १७ र सायल गाउँपालिकामा मतदान स्थल १० र मतदान केन्द्र १४ रहेका थिए । हाल पूर्वीचौकीमा २०, आदर्शमा १९ र सायलमा १५ मतदान केन्द्र कायम गरिएको छ ।

त्यस्तै गएको निर्वाचनमा के आई सिंह गाउँपालिकामा १० मतदान स्थलमा १४ मतदान केन्द्र, बोगटान फुड्सिल गाउँपालिकामा ११ मतदान स्थलमा १३ मतदान केन्द्र, जोरायल गाउँपालिकामा १० मतदान स्थलमा १७ मतदान केन्द्र र बडीकेदार गाउँपालिकामा ८ मतदान स्थल र १० मतदान केन्द्र रहेका थिए ।

हाल के आई सिंहमा १६, बोगटान फुड्सिलमा १४, जोरायलमा १९ र बडीकेदारमा १२ मतदान केन्द्र कामय भएका जिल्ला निर्वाचन कार्यालय, डोटीका सूचना अधिकारी दलवहादुर मलासीले जानकारी दिए ।
बडीकेदार गाउँपालिका ४ डिकेवनको वडा कार्यालयमा रहेको मतदान केन्द्रलाई स्थानीय स्वास्थ्य चौकीको भवनमा सारिएको सूचना अधिकारी मलासीले बताए ।

वडा कार्यालयमा केही समय पहिले अज्ञात समूहले आगजनी गरी भौतिक संरचना ध्वस्त भएका कारण स्वास्थ्य चौकी भवनमा सारिएको हो । जिल्लाका अन्य मतदान स्थल भने यथावत रहेको मलासी बताए ।

Loading...