एमालेबाट डोटीको जोरायल गाउँपालिका अध्यक्षमा पुनः ओझा र उपाध्यक्षमा बोहराको उम्मेदवारी सर्वसम्मत

Dadeldhura hospital

डोटी, २४ चैत– आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा (एमाले) ले डोटीको जोरायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारहरुको सर्वसम्मत टुङ्गो लगाएको छ । एमाले जोरायल गाउँपालिका कमिटिले विहीबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमले अध्यक्षमा पुनः दुर्गादत्त ओझा र उपाध्यक्षमा पनि जमुना बोहराको उम्मेदवारी सर्वसम्मत टुङ्गो लगाएको हो ।

Ganyapdhura gau

एमाले पोलिट ब्युरो सदस्य तथा डोटी इञ्चार्ज गौरी ओली, केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा डोटीका सँस्थापक डिल्लीराज भट्ट, जिल्ला कमिटी अध्यक्ष चक्र मल्ल, सचिव शेर बहादुर मल्ल लगायत नेता कार्यकर्ताहरुको सहभागितामा उम्मेदवारहरुको टुङ्गो लगाइएको हो ।

Couple
Loading...