बैतडी पाटनको मेयरमा एमालेबाट पाँचजना आकांक्षी

बैतडी, २४ चैत– आसन्न स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलहरूले उम्मेदवार छनोटको कार्य अगाडि बढाएका छन् । उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुगिरहेका बेला आकांक्षीहरूको संख्या पनि बढ्दै गएको छ ।

Dadeldhura hospital

बैतडीमा पनि स्थानीय तहको प्रमुख र उपप्रमुखको पदका लागि धेरैले आकांक्षा देखाएका छन् । जिल्लाको सर्वाधिक चासोका साथ हेरिएको पाटन नगरपालिकाको मेयर पदका लागि एमालेबाट मात्र पाँच जना आकांक्षी देखिएका छन् । एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीका अनुसार आकांक्षीहरू बीच सहमतिका लागि छलफल भइरहेको छ । पाटनको मेयरका लागि एमालेबाट जिल्ला उपसचिव लोकेन्द्र भण्डारी, पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकबहादुर भण्डारी, एमालेका पाटन इन्चार्ज देवेन्द्र कुँवर, प्रदेश कमिटी सदस्य धर्मानन्द भट्ट र नारायण भण्डारीले आकांक्षा देखाएका छन् ।

आकांक्षीको नाम पार्टीमा आएको र सर्वसम्मत उम्मेदवार बनाउने हिसाबले पार्टीमा छलफल भइरहेको बताइएको छ । मेयरका लागि उम्मेदवार टुंगो लगाएपछि मात्रै उपमेयर पदको उम्मेदवारका विषयमा छलफल हुनेछ । २०७४ को स्थानीय निर्वाचनमा पाटन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । नगरपालिकाको वडा नम्बर २, ६ र ८ कांग्रेस, १, ३ र ४ माओवादी तथा ७, ९ र १० एमाले विजयी भएको थियो ।

Loading...