कैलालीमा साढे दुई लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

धनगढी, २२ चैत– कैलालीमा साढे दुई लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गर्ने तयारी गरिएको छ । विद्यालयहरुमा अभियान सञ्चालन गरेर बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गर्ने तयारी गरिएको हो । जिल्लामा केही पालिकाले भोलि ९बुधबार० देखि खोप अभियान सञ्चालन गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यसैगरी, केही पालिकाले चैत २५ गतेबाट सञ्चालन गर्ने तयारी गरेका छन् ।

बालबालिकालाई टाइफाइड रोगबाट जोगाउनका लागि यो दिन लागिएको हो । १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । ‘प्रत्येक विद्यालयमा यो अभियान सञ्चालन हुनेछ’, उनले भने ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कैलालीमा पालिकाहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार टाइफाइडविरुद्धको खोप लगाउन पाइने उमेर समूहका बालबालिकाको सङ्ख्या दुई लाख ४९ हजार रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यो उमेर समूहका सबैलाई खोप लगाउनले लक्ष्य राखिएको छ ।

टाइफाइडको सङ्क्रमण १५ वर्षमुनिका बालबालिकालाई सबैभन्दा बढी हुने भएकाले सरकारको नीति अनुसार टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । खोप लगाइ सकेपछि कतिपय बालबालिकालाई खोप लगाएको ठाउँमा रातो हुने, दुख्ने, हल्का ज्वरो आउने, बिमिरा आउने जस्ता असर देखिन सक्ने बताइएको छ । यस्ता असर देखिएमा नआत्तिन र गम्भीर असर देखा परेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

नेपाल सरकारले वैशाख १५ गतेसम्म यो अभियान सञ्चालन गर्नु पर्ने समय सीमा तोके पनि विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर एक हप्तासम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने धामीले बताए ।

Loading...