कोरोनाको जोखिम बढेसँगै सुदूरपश्चिममा ५० शैयाको अस्पतालको शिलान्यास

धनगढी, ६ बैशाख- सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सोमवार कोरोना अस्पतालको शिलान्यास गरेका छन् । मन्त्री सुवेदीले यस अघि धनगढीमा निर्माण गरिएको अस्पतालको छेउमै ५० शैयाको अस्पतालको शिलान्यास गरेका हुन् । अस्पतालको शिलान्यास गर्दै मन्त्री सुवेदीले अस्पताल निर्माणको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । अस्पतालको निर्माण कार्य चालु आर्थिक बर्ष भित्र गरिसक्ने जनाईएको छ । सुदूरपश्चिममा कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै अस्पताल निर्माण गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Dadeldhura hospital

भारतमा दोस्रो लहरको कोरोना देखिएसँगै नेपालमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ । रोजगारको सिलसिलामा भारतमा गएका नेपालीहरु कोरोनाका कारण कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट फर्किने क्रम जारी छ । सुदूरपश्चिम प्रदेश सरकार पनि कोरोना बढ्दै गएपछि पुनः कोरोना अस्पताल निर्माणको कार्यलाई अगाडी बढाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठमा धनगढीमा ५० शैयाको अस्थायी कोरोना अस्पताल स्थापना गरेको थियो । सेती प्रादेशिक अस्पतालको मातहतमा रहने गरी ९४ लाखको लागतमा अस्पताल निर्माण गरेको थियो । भवन निर्माणमा भने ढिलाई भएको छ । निमांणको ठेक्का पाएको वाइआर कन्ट्रक्सनले बैशाख १ गतेदेखि निर्माण कार्य अगाडि बढाएको छ । निर्माणको अख्तियारी पाएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले भने रुख कटानको आदेश नपाउँदा निर्माणमा ढिलाइ भएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भवन निर्माण हुन थालेको जग्गाको स्वामित्व जिल्ला समन्वय समिति कैलालीको रहेको र सिसमका रुखहरु कटानमा ढिलाईका कारण केही महिना निर्माणको काम ढिलाई भएको समेत बताए ।

Loading...