म्यादी प्रहरीमा भर्ना हुन देशभरबाट २ लाख भन्दा बढीले दिए आवेदन

अन्तिम नामावली २६ गते प्रकाशन हुने

काठमाडौं, ११ चैत– म्यादी प्रहरीका लागि देशभरबाट २ लाख ८० हजार ४९५ जनाले आवेदन फारम भरेका छन् ।आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि सुरक्षामा खटिने म्यादी प्रहरीका लागि सरकारले यही चैत ६ देखि ११ गतेसम्म दरखास्त फारम खुलाएको थियो ।

Ganyapdhura gau
Dadhaldhura pur

सो दरखास्त फारम लिने समय आज सकिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिएकोमा २ लाख ८० हजार ४९५ जनाले आवेदन फारम भरेका हुन् । फारम भरेकाबाट १४ गतेदेखि छनोट सूची प्रकाशनको कार्य सुरू हुने छ ।

Navadurga sun

अन्तिम नामावली २६ गतेसम्म प्रकाशन भएर २७ गते नियुक्तिको काम थालिने र त्यही दिनबाट तालिम सुरू हुने बताइएको छ। म्यादी प्रहरीका लागि हरेक जिल्ला प्रहरी कार्यालयहरूले फारम लिएका छन् ।

म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर भएकाले निवेदन दिन पाउने व्यवस्था थियो। म्यादी छनोटमा पूर्वप्रहरी, पूर्वसैनिकलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय फौजी संगठनमा काम गरेका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ।त्यसबाहेक मापदण्डभित्र पर्नेहरूलाई समावेश गरिन्छ। म्यादी प्रहरी ४० दिनका लागि नियुक्त हुँदैछन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...