कैलालीमा एफएममाथि आक्रमण, नेपाल पत्रकार महासंघ कैलाली शाखाको गम्भीर ध्यानाकर्षण





प्रकाशबहादुर बोहरा
अत्तरिया, ५ बैशाख- कैलालीको लम्कीबाट प्रसारण हुने रेडस्टार एफएममाथि तोडफोड भएको छ । मिडियामाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ कैलाली शालाले गम्भीर ध्यानाकर्षण गरेको छ । यस घटनाको पत्रकार महासंघ घोर निन्दा र भत्र्सना गर्दछ ।



समाचारका बिषयमा असहमति भए त्यसको कानुनी उपचारको बाटो हुँदा हुँदै एफएममा प्रवेश गरी तोडफोड गरिनु र पत्रकारमाथि कुटपिट गरिएको घटना स्वीकार्य नहुने महासंघले जनाएको छ । उक्त घट्नामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघ कैलाली शालाले स्थानीय प्रहरी प्रकाशनसँग जोडदार माग समेत गरेको छ ।


नेपाल पत्रकार महासंघ कैलाली जिल्लाले घटनाको यथार्थ बुझ्न कैलालीका सदस्य नेत्रप्रसाद जैशीको संयोजकत्वमा सदस्य प्रिन्स बिक र रतनलाल चौधरी सदस्य रहेको एक समिति गठन गरिएको अध्यक्ष हिमाल जोशीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत उल्लेख गरिएको छ ।



