चैत ५ गतेदेखि उपमेयर कप टि ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुने

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा यही चैत ५ गतेदेखि उपमेयर कप टि ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

Ganyapdhura gau

निग्लाशैनी खेल मैदान देहिमाडौंमा सञ्चालन हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । नगरक्रिकेट समितिका संयोजक रमेश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने नगरपालिका भित्रका ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सार्वजनिक खेलतालिकाअनुसार समूह ए मा वडा नम्बर ६,९ र ५ रहेका छन् । समूह बी मा वडा नम्बर २,८,४,११ रहेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रतियोगिताको उद्घाटन खेलमा चैत ५ गते वडानम्बर ६ र ९ खेल्नेछन् । यस्तै चैत ६ गते हुने पहिलो खेलमा वडा नम्बर २ र ८ भिड्दा दोस्रो खेलमा वडा नम्बर ४ र ११ आमनेसामने हुनेछन् । चैत ७ गते पहिलो खेलमा वडा नम्बर २ र ४ खेल्नेछन् भने दोस्रोमा वडा नम्बर ९ र ५ प्रतिस्प्रर्धा गर्नेछन् । चैत ८ गतेकोे पहिलो खेलमा वडा नम्बर ८ र ११ तथा दोस्रो खेलमा वडा नम्बर ६ र ५ भिड्नेछन् । चैत ९ गते पहिलो खेलमा वडानम्बर ४ र ८ तथा दोस्रो वडा नम्बर २ र ११ बीच भिडन्त हुनेछन् ।

प्रतियोगिता अन्र्तगत चैत १० गते सेमिफाइनलका खेलहरु हुने भएका छन् । पहिलो सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को विजेता भिड्दा दोस्रोमा समूह बी को विजेता र समूह ए को विजेता प्रतिस्प्रर्धा गर्नेछन् । चैत ११ गते प्रतियोगिताको फाइनल खेल हुने नगर क्रिकेट समितिले जनाएको छ । उपाधि विजेताले ४५ हजार र उपविजेताले ३० हजार ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताए । नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट हुदैं आएको नगर क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए ।

Couple
Loading...