सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा जनचेतना मूलक सांस्कृतिक महोत्सवको आयोजना

बैतडी, २८ फागुन– महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडी सहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा जनचेतना मूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । समाजमा रहेका हानिकारक परम्परागत प्रचलन हटाउनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोग तथा सम्बन्धित पालिकाले साँस्कृतिक महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा लोक तथा ड्यौडा गायिका र मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत रेखा जोशीले गीत मार्फत जनचेतना सन्देश दिइन् । आठ सयभन्दा बढी गीतमा स्वर दिएकी गायिका जोशी पछिल्लो समयमा समाजमा रहेका हानिकारक प्रचलन अन्त्यका लागि साङ्गीतिक कार्यक्रममा सहभागी हुँदै आएकी छन् । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले गायिक जोशीलाई मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत नियुक्त गरेको थियो ।

Navadurga sun

सांस्कृतिक महोत्सव मार्फत समाजमा रहेका हानिकारक प्रचलन हटाउनका लागि गायिका जोशीलाई सद्भावना दूतका रुपमा अगाडि सारेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताए । खानेपानी र सरसफाइका क्षेत्रमा हामी काम गरिरहेका छौँ । तर महिनावारी भएका बेलामा हुने विभेद अझै कायमै रहेकाले सांस्कृतिक महोत्सव मार्फत जनचेतना र परिवर्तन गर्न खोजिरहेको उनले बताए ।

महिनावारीका बेला अझै पनि हाम्रो समुदायका महिलाले चर्पी प्रयोग गर्न नहुने, खानेपानीका धारा छुन नपाइने, दूध, दही खान नहुने लगायतका हानिकारक प्रचलन छन् । महिनावारीका समयमा गरिने विभेद अन्त्यका लागि गीत मार्फत जागरण फैलाइ रहेकी गायिका जोशीले बताइन् । महिनावारी भएका समयमा गरिने भेदभावले महिलामाथि हिंसा हुने भएकाले त्यस्ता खालका हिंसा न्यूनीकरणका लागि समाजमा रहेका हानिकारक प्रचलन अन्त्य गरिनुपर्ने उनले बताइन् ।

उनले भनिन्, ‘महिनावारी भएका बेला गरिने विभेदले ठूलो समस्या निम्त्याउने गरेको छ, त्यसको अन्त्यका लागि मैले गीतमार्फत सचेतना फैलाइरहेकी छु। यसले केही परिवर्तन ल्याउनेछ ।’ ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले स्थानीय तहसँग मिलेर सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा र बझाङमा सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।

महोत्सवमा यस्तै लोक तथा ड्यौडा गायिका रेखा जोशी, गायक महेशकुमार औजी, मनोहर परियार, गोपाल दयाल लगायतका कलाकारले जनचेतनामूलक सांस्कृतिक झलक प्रस्तुत गरेका थिए । महिनावारी भएका समयमा महिलाले अझै पनि दूध, दही खान नपाउने, चर्पीको प्रयोग गर्न नपाउने लगायतका समस्या रहेकाले त्यस्ता खालका समस्या हटाउन सबैले जागरुक हुनुपर्ने महोत्सवका सहभागीहरुले बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...