याक नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न, मुक्त कमैयाका ३५ घरमा बिजुली बल्ने

प्रकाशबहादुर बोहरा
अत्तरिया, ५ बैशाख- कैलालीको गोदावरी नगरपालिका वडा नं.५ गेटामा रहको कमैया बस्तीमा एकदिन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एकदिन अन्तरक्रिया कार्यक्रम परिवर्तनका लागि कार्यरत युवा समुह, नेपाल (याक नेपाल) को सहकार्यमा कार्यक्रम संचालन गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

कमैया मुक्त भएको २० बर्षसम्म पनि अध्यारोमा बस्न बाध्ये भएका उक्त कमैया बस्तीमा केही मात्रामा उज्यालो प्रदान गर्ने हेतुले भए पनि गोदावरी नगरपालिका वडा नं.५ ले त्यसलाई सफल पार्नको लागि ३५ घरमा बिजुली बाल्न सफल हुन पुगेका छन् । गोदावरी नगरपालिका ५ नं.वडा कार्यालयले नगरपालिकाबाट तार ३०० मिटर र सब मिटर ३५ वटा प्राप्त गरी आफ्नो वडा कार्यालयबाट विजुलीको लाईन उक्त कमैया बस्तीमा उपलव्ध गराउने समेत बताए ।

कार्यक्रम मुक्त कमैया संघर्ष समितिका कोषाध्यक्ष ममता देवी डगौराको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष कणर् सिंह बोहरा रहेका थिए ।

प्रमुख अतिथी वडा अध्यक्ष बोहराले यो बसाईएको बस्ती मेडिकल कलेजको ठाउंँ भएपनि तत्कालको लागि व्यवस्था गरिएको हो । मेडिकलको जग्गा भएकोले संरचना बनाउँदा गार्‍हो हुने भएकोले केही कुरा बनाउँन चाँहदा चाँहदै पनि संरचना बनाउन नसकिने बताए । मुक्त कमैयाका बालबच्चाहरुका लागि शैक्षिक सामाग्रीका लागि बडाले बजेट समेत छुट्याएको बताए ।

Dadeldhura hospital

त्यसैगरी मुक्त कमैया संघर्ष समितिका कोषाध्यक्ष डगौराले हामीहरु बिजुली बत्तीको लागी धेरै ठाउँमा जाँदा पनि बिजुली बत्ति उपलव्ध हुन नसकेको बताइन । वडाले बिजुलीबत्ती उपलव्ध गराउन लागेकोमा वडा अध्यक्ष लगायत याक नेपाललाई समेत बधाई तथा धन्यवाद समेत दिएकी थिइन ।

त्यसैगरी याक नेपालका कार्यकारी निर्देशक डबल बमले पछिल्लो चरणमा आएर खाद्य अधिकार मौलिक हकका रुपमा स्थापित भइसकेकोले यसलाई कार्यान्वयन गर्नका लागि बिशेष गरी स्थानिय सरकार संग हामिले सहकार्य गर्दै आएका बताए । हामीले यस्तै किसिमको कार्यक्रमहरु ९ वटै जिल्लामा संचालन गर्दै आएका छौ । मुक्त कमैया समाज २०५७ सालमा मुक्त हुनु भयो त्यसपछि आएर सुरक्षित बासका लागि नेपाल सरकारले निति, नियम, निर्देशिका पोलिसी अनुसार सुरक्षित ठाउँमा बसोवास हुन नसकेको समेत बताए ।

त्यसैगरी गोदावरी नगरपालिका स्तरिय खाद्य अधिकार सञ्जालकी संयोजक लक्ष्मी बि.क.ले आज भन्दा २० बर्ष अगाडी मुक्त कमैया भई बसोवास गरेका उक्त कमैया बस्तीमा खाद्य अधिकारलाई विशेष जोड दिनु पर्ने बताउँदै गोदावरी नगरपालिकाले बत्ति उज्यालो जसरी गोदावरी नगरपालिका वडा नं.५ले उपलव्ध गराएको समेत बताइन ।

त्यसैगरी अतिथी याक नेपालका कार्यकारी निर्देशक डबल बम रहेका थिए भने अतिथीमै गोदावरी नगरपालिका स्तरिय खाद्य अधिकार सञ्जालकी संयोजक लक्ष्मी बि.क. रहेकी कार्यक्रमको संचालन गीता खत्रीले गरेकी थिइन ।

Loading...