बैतडीको पाटन नगरपालिकाको १२ औं नगरसभा सम्पन्न

बतैडी, २७ फागुन- बैतडीको पाटन नगरपालिकाको १२ औं नगरसभा आज सम्पन्न भएको छ । नगरसभाले कार्यपालिकाको विभिन्न समयमा पारित गरेका निणर्यहरु पारित गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले बताए । नगर प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले विभिन्न कार्यविधिहरु समेत पारित गरेको छ ।



आप्रवासी कामदारहरुको लक्षित कार्यक्रम र बीमा सम्बन्धि कार्यविधि र सुरक्षित खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम कार्यविधि पारित गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा जनप्रतिनिधि आएपछि पहिलो कार्यकालको यो अन्तिम नगरसभा भएको नगरप्रवक्ता भण्डारीले बताए ।




