तेघरी सामुदायिक बनको आयोजनामा ७ दिने नि:शुल्क उद्धघोषण तालिम सुरु

अत्तरिया-कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा नि:शुल्क उद्धघोषण तालिमको सुरु भएको छ ।

तेघरी सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा शुक्रवार देखी ७ दिने नि:शुल्क उद्धघोषण तथा ब्यक्तित्व विकास तालिम सुरु भएको हो ।

Navadurga sun

तेघरी सामुदायिक बनका अध्यक्ष मदन शर्माको सभापतित्वमा आयोजिक उद्घाटन कार्यक्रममा स्थानिय जेष्ठ नागरिक प्रेमदत्त भट्ट प्रमुख अतिथी रहेका थिए भने बिशिष्ट अतिथीमा वन समितिका पूर्व उपाध्यक्ष देवी शर्मा सुवेदी र थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझा रहेका थिए ।

तेघरी सामुदायिक बनमा आबद्ध उपभोक्ताहरुको ब्यक्तित्व विकास र बोल्ने कलाको विकास होस भन्ने उदेश्यका साथ नि:शुल्क तालिमको आयोजना गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।

तेघरी सामुदायिक वन उपभोक्ता समितिको कार्यलयमा संचालन भैरहेको तालिम सहभागीता जनाउन चाहाने इच्छुक उपभोक्ताहरुलाई तालिममा सहभागी भई मौकाको फाईदा उठाउन उनले आग्रह गरे ।

कार्यक्रममा तेघरी सामुदायिक बनका कोषाध्यक्ष खेमराज ओझा , दुर्गालक्ष्मी सामुदायिक वनका अध्यक्ष दुर्गा कडायत , थ्रिडिभिएलका अध्यक्ष दिपक ओझाले शुभकामना मन्तब्य राखेका थिए ।

तालिमको प्रशिक्षकमा गोदावरी एफ एमका समाचार प्रमुख हेमराज भट्ट , समिर महरा र प्रेरणा पाण्डे रहेका छन् । कार्यक्रम संयोजक एबम् वन समितिकी सचिव कमला महराको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन थ्रिडिभिएल क्रियसनका एलआर ओझाले गरेक थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...