कञ्चनपुरमा विभिन्न खेलमा आवद्ध खेलाडीलाई खेल सामग्री वितरण

कञ्चनपुर, २१ फागुन– शुक्लाफाँटा नगरपालिका वडा नं. १० का विभिन्न खेलमा आवद्ध खेलाडीको आत्मबल बढाउन शनिबार खेलकुद सामग्री वितरण गरिएको छ ।

Dadeldhura hospital

वडा कार्यालयको ८५ हजार रकमबाट शुक्लाफाँटा कृष्णसार फाउण्डेशन (एसबिबीएफ) ले फुटबल, क्रिकेट, भलिबल खेलमा आवद्ध खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको हो । सामाजसेवी तेजबहादुर शाहले तीनवटै खेलका खेलाडीलाई खेलकुद सामग्री वितरण गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

खेलकुद सामग्री वितरण गर्दै सामाजसेवी शाहले खेलकुदमा क्रियाशील खेलाडीलाई थोरै भए पनि वडा कार्यालयले सहयोग गरी खेलाडीको हौसला बढाउने कार्य गरेको बताए । वितरण गरिएका सामग्रीमा ब्याट, ब्याटिङ ग्लब्स, किपिङ ग्लब्स, टेनिस बल, डयुस बल, फुटबल नेट, फुटबल, विकेट, भलिबल, भलिबल नेट, क्रिकेट म्याटलगायत रहेको फाउण्डेशनका अध्यक्ष विवेक रावलले बताए ।

खेलकुद सामग्री वितरण कार्यक्रममा फाउण्डेशनले वडामा रहेका राष्ट्रियस्तरको खेलकुदमा सहभागिता जनाउँदै आएका क्रिकेट खेलाडीलाई सम्मानपत्र प्रदान गरी सम्मानितसमेत गरेको छ । सम्मानित हुनेमा सरोज ऐर, कैलाश ऐर, साजन गौतम, सुभेश रावल रहेका छन् ।

Loading...