खप्तडको बिकासले मात्रै सुदूरपश्चिम समृद्ध हुन्छ : पर्यटन मन्त्री आले

डोटी १४, फागुन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रकृतिले दिएको अनुपम उपहार खप्तड र बडीमालिकाको मात्रै विकास गर्न सके सुदूरपश्चिममा विकासको कायापलट हुने बताएका छन् । यहाँको प्रमुख पर्यटकीय स्थल खप्तड तथा दिपायल विमानस्थलको निरीक्षण तथा अवलोकनका लागि शनिबार खप्तड पुग्नु भएका मन्त्री आलेले खप्तड एक प्रकृतिले दिएको सुदूरपश्चिमको खजना भएकाले यहाँ १२ महिना पर्यटक आउन सक्ने गरी विकास सहित पर्यटकलाई खाने तथा बास बस्ने सहितका काम गरिने बताए ।

Ganyapdhura gau
Dadeldhura hospital

सुदूरपश्चिमलाई देश विदेशमा चिनाउन तथा यहाँको विकासमा फड्को मार्नका लागि भएपनि यहाँका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी भएको समेत मन्त्री आलेले बताए । ‘खप्तड, बडीमालिका भनेका प्रकृतिका एक अनुपम उपहार हुन्, यी क्षेत्रको मात्रै विकास गर्न सके सुदूरपश्चिममा कायापलट हुने छ’, उनले भने, ‘सुन्दर प्रकृतिको खानी यी क्षेत्रमा सामान्य पूर्वाधार विकास गर्न सके यहाँ बर्सेनि लाखौँ पर्यटक भित्रिने छन्, खप्तडको बृति विकासका लागि म काम गर्छु ।’

Navadurga sun
Godawari sandesh

निरीक्षण अनुगमनकै क्रममा मन्त्री आलेले प्रकृतिले सुदूरपश्चिममा स्वर्ग जस्तै उपहारका रुपमा खप्तड दिएकाले खप्तडमा पर्यटक भिर्‍याउनका लागि आवश्यक पर्ने सबै पूर्वाधारको विकास गरिने आश्वासन समेत दिए ।

त्यस्तै समग्र देशको विकास गर्नका लागि पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी भएको पनि उनले बताए । सुदूरपश्चिमका मुख्य पर्यटकीय तथा धार्मिक स्थल खप्तड, बडीमालिका, रमारोसन, सैपाल, शैलेश्वरी, उग्रतारा, मालिकार्जुन, निङ्लासैनी लगायतका क्षेत्रहरुमा हजारौँ पर्यटकहरु भिर्‍याउनका लागि विभिन्न विकास निर्माणका काम भइरहेको समेत मन्त्री आलेले जानकारी दिए।

Couple
Loading...