बैतडीमा कोरोना विरुद्धको खोप लगाउने १ लाख ४२ हजार नाघे
बैतडी, १४ फागुन– बैतडीमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ लाख ४२ हजार नाघेको छ । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार १ लाख ४२ हजार ६२९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । बुस्टर डोज भने ४ हजार ३०१ जनाले लगाएका छन् ।



सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार ३९९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार ६९५ जनाले पूणर् खोप लगाएका छन् । पाटन नगरपालिकामा १६ हजार १७ जनाले खोपको पहिलो र २६ हजार ४९५ जनाले पूणर् खोप पाएका छन् । पुर्चौंडी नगरपालिकामा २१ हजार ३४० जनाले खोपको पहिलो र १८ हजार ४६३ जनाले पूणर् खोप लगाएका छन् । यसै गरी मेलौली नगरपालिकामा १३ हजार ७८५ जनाले खोपको पहिलो मात्रा र १० हजार ८४१ जनाले पूणर् खोप लगाएका छन् ।



डिलाशैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले खोपको पहिलो मात्रा र आठ हजार ४४३ जनाले पूणर् खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले खोपको पहिलो र आठ हजार ५९५ जनाले पूणर् खोप लगाएका छन् । सुर्नया गाउँपालिकामा ९ हजार ६९६ जनाले खोपको पहिलो मात्रा र नौ हजार ९२० जनाले पूणर् खोप लगाएका छन् ।
त्यसैगरी पञ्चेश्वर गाउँपालिकामा ८ हजार ९७० जनाले खोपको पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूणर् खोप लगाएका छन् । शिवनाथ गाउँपालिकामा ७ हजार ५३९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ८ हजार ३८० जनाले पूणर् खोप लगाएका छन् । सिगास गाउँपालिकामा ९ हजार ३३२ जनाले खोपको पहिलो मात्रा र ११ हजार ७१९ जनाले पूणर् खोप पाएका छन् ।
१२ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्ध खोप दिने कार्य जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ । यहाँका सबै स्थानीय तहबाट कोरोना विरुद्धको खोप अभियान निरन्तर रुपमा चलिरहेको छ ।




