सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु, मन्त्री आलेले गरे उद्घाटन

अत्तरिया, १३ फागुन– कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु भएको छ। ‘प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ आजबाट महोत्सवको छैठौँ संस्करण सुश्र भएको हो।

Ganyapdhura gau

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा भइरहेको महोत्सव २५ गतेसम्म हुनेछ। महोत्सबको संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गरेका छन्।

Navadurga sun
Dadhaldhura pur

लामीताल परिसरमा संचालन भइरहेको महोत्सब उद्धघाटन अघि बिभिन्न किसिमका संस्कृतिहरु झल्कने झाकीँ ,बजागाजाहरु, लगायत यहाँका संघसंस्थाहरुको सहभागितामा अत्तरिया बजारमा ञ्याली निकालिएको थियो ।

महोत्सब उदघाटन समारोहमा मन्त्री आले संगै सुदुरपश्चिम प्रदेशका बन बाताबरण तथा पर्यटन मन्त्री मान बहादुर धामी, भौतिक पूर्बाधार राज्यमन्त्री चुनुकुमारी चौधरीको पनि सहभागिता रहेको छ । यस्तै महोत्सबमा यस क्षेत्रका राजनितिक दलहरुका प्रतिनिधी, स्थानिय जनप्रतिनिधी र संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको छ ।

महोत्सवमा सर्बसाधारणहरुलाई ५० र बिद्यार्धीहरुलाई ४० रुपैया टिकट दर तोकिएको छ भने शारिरिक रुपमा अपांगता भएका ब्यक्ति र जेष्ठ नागरिकहरुलाई परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था मिलाएको उधोग वाणिज्य संघले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...