सुदूरपश्चिमका प्रनिसराज पन्तको चलचित्र ‘ओभरडोज’को ट्रेलर सार्वजनिक


अत्तरिया- सुदूरपश्चिमका हिरो प्रनिसराज पन्तको चलचित्र ‘ओभरडोज’को ट्रेलर सार्वजनिक भएको छ ।



मे १५ मा टेक्सस राज्यको डलासमा प्रिमियर तयारी भैरहेको चलचित्र ओभरडोज’को ट्रेलर सार्वजनिक भएको हो । अमेरिकामा बस्दै आएका दुई जना नेपाली युवाको जीवनीमा आधारित फिल्ममा ड्रग्स र अपराधको कथा चलचित्र मार्फत दर्शाउन खोजिएको छ । उक्त चलचित्रमा प्रनिसराज पन्तसंगै सविनजंग थापा र बिना श्रेष्ठको मुख्य भुमिका रहेको छ ।


सुदूरपश्चिम प्रदेश घर भएका पन्त अध्ययनको सिलसिलामा हाल अमेरिकामा रहेका छन् । सुमन पौडेलको निर्देशन रहेको फिल्ममा गौरव गुरुङ, स्वामी डिले लगायतको अभिनयगरेका छन् । कथा समेत निर्देशन पौडेलको रहेको उक्त चलचित्रमा नेपालीका अलवा अमेरिकाको कलाकारले पनि अभिनय गरेका छन् ।
अंग्रेजी र नेपाली दुई भाषा प्रयोग गरिएको चलचित्र ‘ओभरडोज’ मा ड्रग्स र अपराधमा संलग्नहरूको जीवन यात्रा देखाउन खोजेको बताइएको छ । दादा प्रोडक्सन हाउसको निर्माण, साजन कार्कीको सम्पादन रहेको फिल्म विश्वव्यापी प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ । दर्शकका लागि केही नयाँ दिने उदेश्यले आफ्नो भुमि भन्दा टाढा भएपनि चलचित्र निर्माण गरिएको अभिनेता प्रनिसराज पन्त बताएका छन् ।



