साना किसान कृषि सहकारी संस्थाहरुका पदाधिकारीहरुलाई क्षमता विकास तालिम सुरु

अत्तरिया, १३ फागुन- साना किसान कृषि सहकारी संस्था लि.हरुका लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई क्षमता विकास तालीम सुरु भएको छ । उक्त क्षमता विकास तालिम साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड इलाका कार्यालय अत्तरीयाको आयोजनामा यहि फागुन १३ देखि १५ गते सम्म संचालन हुने भएको हो ।

साना किसान कृषि सहकारी संस्थाहरुका कर्मचारीहरुका लागि ३ दिने “लेखा व्यवस्थापन तालिम” र साना किसान कृषि सहकारी संस्थाहरुका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरु लागि “क्षमता विकास तालिम” को आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

Navadurga sun

तालिममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका साना किसान कृषि सहकारी संस्थाका २६ कर्मचारीहरु र २६ जना लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुको सहभागीता रहेको छ । उक्त कार्यक्रम साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. इलाका कार्यालय अत्तरीयाका इलाका प्रबन्धक पदम राज रेग्मीको अध्यक्षतामा तथा साना किसान कृषि सहकारी संस्था लि., दैजिका अध्यक्ष धर्म सिंह कुवँर को प्रमुख आतिथ्यतामा “लेखा व्यवस्थापन तालिम” र साना किसान कृषि सहकारी संस्था लि., बौनियाका अध्यक्ष पदम राज रिजालको प्रमुख आतिथ्यतामा “क्षमता विकास तालिम” को उदघाटन गरीएको थियो ।
कार्यक्रमको सहजीकरण साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. इलाका

कार्यालय अत्तरीयाका व्यवसाय प्रबद्र्धन अधिकृत कृष्ण गोविन्द ढुंगेल, वरिष्ठ सहायक नवराज डाँगी र वरिष्ठ सहायक ओम प्रकाश के.सी.ले संचालन गर्नु भएको थियो ।

तालिममा प्रशिक्षकको रुपमा साना किसान कृषि सहकारी संस्था लि., दैजिका मुख्य प्रबन्धक कणर् बहादुर धामि, साना किसान कृषि सहकारी संस्था लि., मालाखेतिका मुख्य प्रबन्धक गोरख बहादुर खत्री, साना किसान कृषि सहकारी संस्था लि., गेटाका मुख्य प्रबन्धक नृप खडका, साना किसान कृषि सहकारी संस्था लि., बौनियाका अध्यक्ष पदम राज रिजाल र साना किसान कृषि सहकारी संस्था लि., श्रीपुरका मुख्य प्रबन्धक टेकराज भट्ट रहनु भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...