प्रजिअ मार्फत सहकारी मन्त्रिलाई सिएमसी कैलालीको ५ बुँदे ज्ञापनपत्र

धनगढी, १३ फागुन– कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीले सहकारी संघ संस्थाहरुको संरक्षण र सम्बर्धन तथा सहकारीका विद्यमान समस्या यथाशिघ्र समाधानका लागि ५ बुँदे ध्यानाकर्षण सहित भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रिलाई ज्ञापन पत्र बुझाएको छ ।

सहकारी अभियानको तर्फबाट हालको तरलताको विषम अवस्था तथा वित्तिय बजारको बिद्यमान अवस्थालाई मध्यनजर गर्दै सन्दर्भ व्याजदर पुनरावलोकनको लागि पटक पटक लिखित तथा मौखिक जानकारी गराइएको भएपनि सम्बन्धित निकायबाट उक्त विषयमा कुनैपनि सुनुवाई नभई समग्र सहकारी अभियानमा असर परेको भन्दै देशभरका सहकारी सम्बद्ध विभिन्न संघ संस्थाहरुले दबाव दिइरहेको अवस्थामा कैलालीबाट जिल्लाभरका सहकारी संघ संस्थाका व्यावस्थापकहरुको संस्था कोअपरेटिभ म्यानेजर्स क्लबले समेत प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत् माननिय मन्त्रिलाई ज्ञापन पत्र पठाएको क्लबका अध्यक्ष छबिलाल जैशीले बताए ।

Navadurga sun

क्लबका अध्यक्ष छबिलाल जैशी, महासचिव रुद्र प्रसाद खनाल, कार्यसमिती सदस्य टीकाराम जोशी लगायत धनगढीमा उपलब्ध पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी थापालाई उनकै कार्यकक्षमा भेटी ज्ञापन पत्र बुझाउनु भएको हो । प्रमुख जिल्ला अधिकारी थापाले सहकारीकर्मीहरुले दिएको ज्ञापनपत्र तत्कालै मन्त्रालयमा पठाउने प्रतिवद्धता समेत जनाउनु भएको क्लबका महासचिव खनालले जानकारी दिनुभयो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...