टीकापुर विमानस्थल सञ्चालनमा ल्याएरै छोड्ने : मन्त्री आले

धनगढी, १३ फागुन–  कैलालीको टीकापुरमा टीकापुर विमानस्थलको शुक्रबार स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले चालू आर्थिक वर्षमा विमानस्थलको लागि दुई करोड बजेट विनियोजन भैसकेको बताउँदै टीकापुरमा विमानस्थल सञ्चालनमा ल्याएरै छोड्ने बताएका छन् । संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल सञ्चालनमा आउने बताउनु भएको हाे ।

Ganyapdhura gau
Dadhaldhura pur

“विमानस्थलको अध्ययन समितिले त्यसको सर्वे गरेर गैसकेको अवस्था छ । अध्ययन समितिको प्रतिवेदनको आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य दुई क्षेत्र त्यसको विकल्पमा सर्वे भएको क्षेत्रमा नयाँ विमानस्थलको लागि संरचना तयार गर्ने भन्ने कुरा प्रतिवेदन आइसकेपछि थाहा हुन्छ ।” मन्त्री आलेले भने, “चालू आर्थिक वर्षमै विमानस्थल निर्माणको काम सुरु हुन्छ । त्यसलाई बहुवर्षिय आयोजनाको रुपमा राखेर काम गर्न सकिन्छ ।” उनले विमानस्थलसँग पर्यटन क्षेत्र जोडिएकोले पनि टीकापुरमा विमानस्थल अपरिहार्य रहेको बताए । “पर्यटकीय दृष्टिकोणले पनि टीकापुर निकै लोकप्रिय छ । यहाँ धेरै सम्भावनाहरु छन् । ती सम्भावनाहरुसँग हवाई माध्यमको पहुँचका लागि हामी प्रतिबद्ध छौं ।” मन्त्री आलेले भने, “विमानस्थल सञ्चालनमा आउनसके पर्यटन क्षेत्र आफै चलायमान हुन्छ ।”

Navadurga sun

मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नतिका लागि एक अर्ब बजेट विनियोजन भएको बताउँदै प्रत्येक जिल्लामा कम्तिमा एउटा हवाई मैदानको निर्माणको लागि आफुले पहल गरेको बताए । “धनगढी विमानस्थल र भारतको दिल्ली हुँदै नेपालको कैलालीबाट खप्तड हुँदै मानसरोवरसम्मको फास्ट ट्र्याक निर्माणका लागि बिश्व बैंकसँग समन्वय भैरहेको छ । त्यसका लागि करिब ६५ अर्ब बजेट माग गरिएको छ ।” मन्त्री आलेले भने, “त्यो काम हुनसकेको अवस्थामा सुदुरपश्चिम प्रदेश पर्यटन क्षेत्रको हवको रुपमा चिनिने छ ।” त्यसै क्रममा विमानस्थल सञ्चालनको माग गर्दै टीकापुर उद्योग वाणिज्य संघले ज्ञापनपत्र समेत बुझाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...