चुरे युवा क्लबको आयोजनामा सचेतनामुलक कार्यक्रम तथा सडक नाटक सुरु





अत्तरिया, १२ फागुन- कैलालीको चुरे गाउँपालिका वडा नं.६ को आर्थिक सहयोग र चुरे युवा क्लबको आयोजनामा संचालित सचेतनामुलक कार्यक्रम तथा सडक नाटक सुरु भएको छ ।



उक्त कार्यक्रम बिहीबार १३ गतेबाट सुरु भई यही १५ गते सम्म सन्चालन हुने क्लबका सचिव गणेश नाथ योगीले जानकारी दिएका छन् । कार्यक्रममा क्लबका अध्यक्ष हर्क बोहराको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमको प्रमुख अथिति मेलकट्टेश्वर माबीका स.प्र.अ लक्ष्मिराज भट्ट रहनु भएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहेका भट्टले यस्ता कार्यक्रमबाट मात्र समाजले सकारात्मक रुप लिने बताउनु भएको छ । बिशिस्ट अथितीमा क्रमशः इ.प्र.का फल्टुडेका प्र.स.नि भुमिनन्द बिस्ट, शिक्षक मान ब साउद, शिक्षक बिनोद बहादुर सिंह, श्री खडक स्मृति बोडिङ स्कुलका प्रअ टेक बहादुर छेडाल रहनु भएको थियो ।
उक्त कार्यक्रममा समाजसेवी, बुद्धिजीवी दिपेन्द्र मलासी लगायत विद्यालयका शिक्षक, शिक्षिका विद्यार्थीहरुको उल्लेखनिय सहभागी रहेको थियो । सो कार्यक्रममा खडक स्मृति स्कुलका विद्यार्थी, शिक्षक, शिक्षिका पनि उपस्थित हुनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्लबका उपाध्याक्ष पुरन कार्कीले व्यक्त गरेका थिए । कार्यक्रममा सामाजिक समस्यामा आधारित बिषयगत नाटक प्रस्तुत गरिएको थियो भने कार्यक्रम क्लबका सचिव योगीले सन्चालन गरेका थिए ।



