नवजीवन सहकारीको नेतृत्वका लागि कठायत पक्षको प्यानल घोषणा




धनगढी, १२ फागुन– शेयर सदस्य ३० हजारभन्दा बढी रहेको नवजीवन सहकारी संस्था लिमिटेडको नेतृत्वका लागि रतन कठायत पक्षले समेत आफ्नो प्यानल घोषणा गरेको छ ।



नवजीवनका पूर्व अध्यक्ष समेत रहिसकेका कठायतको प्यानलमा उपाध्यक्षमा चेतराज ओझा, सुदस्यहरुमा उत्तम जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश वम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी र पूणर् जोशीको उम्मेदवारी रहेको छ ।


त्यसैगरी उपेन्द्र विष्ट, भीमबहादुर बलायर, राधिकाकुमारी चौधरीको उम्मेदवारी पनि सदस्यमा रहेको छ । कठायतको प्यानलबाट लेखा समितिमा चेतराज जोशी, लक्ष्मीराज पन्त र सीता विक उम्मेदबार रहनु भएको छ । प्यानल घोषणाको क्रममा अध्यक्षका उम्मेदवार कठायतले नवजीवन सहकारीलाई थप व्यवस्थित र पूणर् प्रविधिमैत्री बनाइने बताएका छन् ।
हाल १० वटा सेवा केन्द्रहरुबाट सेवा प्रदान गर्दै आएको नवजीवन सहकारीले चार अर्ब १२ बचत सङ्कलन गरेको छ । सो संस्थाले तीन अर्ब ७० करोड रुपियाँ कर्जा लगानी गरिसकेको छ । संस्थामा हाल ६४ करोड रुपियाँको पूँजी कोष कायम रहेको जनाइएको छ । यसअघि नै मंगलबार देवबहादुर वम पक्षले पनि आफ्नो प्यानल घोषणा गरिसकेको छ ।



