दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि बैतडीको पाटनमा शोक बिदा

बैतडी, १० फागुन- बैतडीको पाटन नगरपालिकाले टिप्पर दुर्घटनामा परी विद्यार्थीहरुको मृत्यु भएपछि शोक बिदा दिएको छ । सोमबार पाटन नगरपालिका वडा नं. ३ झालीमालीमा टिप्पर दुर्घटना परी एक स्थानीय सहित ३ जना विद्यार्थीको मृत्यु भएपछि नगरपालिकाले मंगलबार शोक बिदा दिएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

आज नगर क्षेत्रभित्रका सबै शिक्षण संस्था बन्द रहने पाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रशाद भट्टले बताएका छन् । सोमबार जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ गुरुडाबाट पाटनतर्फ जाँदै गरेको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना भएको थियो ।

Navadurga sun
Godawari sandesh

दुर्घटनामा परी हालसम्म सिगास मावि गौरीशंकर पोखरीमा अध्ययनरत ३ जना विद्यार्थी ज्ञानु विष्ट, ललित अवस्थी र राजेशराज पन्त मृत्यु भएको छ । यस्तै पाटन नगरपालिका वडा नं. ३ का ४५ वर्षीय जनकराज पन्तको पनि घटनास्थलमै ज्यान गएको थियो ।

Couple
Loading...