एमाले बैतडीको १० वटै पालिकामा बैठक सकियो

बैतडी, ८ फागुन– बैतडीमा नेकपा एमालेले १० वटै पालिकामा पालिका स्तरीय बैठक आइतबार सम्पन्न गरेको छ । जिल्ला कमिटी बैठकले यहीँ फागुन ३ र ४ गते गरेको सर्कुलर र निणर्य अनुसार जिल्लाका १० वटै पालिकामा बैठक सम्पन्न गरेको एमाले बैतडीका प्रचार तथा प्रकाशन बिभाग प्रमुख लोकबहादुर भण्डारीले बताए ।

Ganyapdhura gau
Dadeldhura hospital

बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई ध्यानमा राखेर पार्टीको सुदृढीकरणको अभियानलाई अगाडी बढाउन ८४ वटै वडामा कार्यक्रम गर्ने गरि १० वटै पालिकाको बैठकले निणर्य गरेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh

प्रत्येक वडामा कार्यकर्ता प्रशिक्षण चलाउने, टोल कमिटी गठन गर्ने, पार्टी सदस्ता वितरणमा तिब्रता दिने, विभिन्न समयमा पार्टीबाट बाहिर गएकाहरूलाई घर फर्क अभियान चलाउने लगातका कार्यक्रम गर्ने गरी ८४ वटै वडामा आईतबार बैठकले सर्कुलर गरिसकेको जिल्ला प्रचार विभाग प्रमुख भण्डारीले बताए । उक्त कार्यक्रमहरू चैत ७ गते भित्र सक्ने गरेर प्रत्येक वडामा सर्कुलर भइसकेको जनाएको छ ।

Couple
Loading...