एमसीसी संसदमा टेबल भएपछि धनगढी सहित देशभर प्रर्दशन

अत्तरिया, ८ फागुन– अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभामा टेवल भएपपछि यसका बिरुद्ध देशभर प्रर्दशन गरिएको छ । आम जनताको भावना बिपरित उक्त सम्झौता बैठकमा जबरजस्ती टेबल गरेको भन्दै नेपाली नागरिकहरुले स्वतस्फूर्त रुपमा बिरोध प्रर्दशन गरेका हुन् ।

Dadeldhura hospital

उता धनगढीमा पनि विरोध प्रर्दशन गरिएको छ । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले पनि धनगढीमा उक्त सम्झौताको विरोध गरेको छ । जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट आफै एमसीसीको विरोधमा सडकमा उत्रिएका हुन् ।

Navadurga sun
Godawari sandesh

राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताले कैलालीको जिल्ला प्रशासन कार्यालय पनि घेराउ गरेका थिए । यसअघि विद्यार्थीहरुले पनि विरोध गरेका थिए । धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरुले धनगढी बजार लगायतका क्षेत्रमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि नारावाजी गरेका हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको विरोधका बीच एमसीसी पेस गरिएको हो ।

Loading...