चालु आर्थिक बर्षमा बैतडी जिल्लामा ७९ मुद्दा दायर

बैतडी, ७ फागुन– जिल्लामा चालु आर्थिक बर्षको साउन यता ७९ ओटा मुद्दा दायर भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीमा ३९ र इलाका प्रहरी कार्यालय पाटनमा ४० गरि जम्मा ७९ ओटा मुद्दा दर्ता भएका छन ।

Dadeldhura hospital

जसमध्ये सबैभन्दा बढी झुण्डीएर मृत्यु भएका घटनाहरू १८ ओटा रहेका छन । पछिल्लो ८ महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय बैतडीमा झुन्डिएका सम्बन्धि ५ र इलाका प्रहरी कार्यालय पाटनमा १४ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीमा बहुविवाह सम्बन्धि १,जबरजस्ती करणी ३,भवितव्य २, अभद्र व्यवहार ९ , जबर्जस्ती करणी उद्योग अन्तर्गत ३ वटा मुद्दा दर्ता भएका छन ।

Navadurga sun
Godawari sandesh

त्यस्तै कर्तव्य ज्यान सम्बन्धि २,बिष सेवनका घटना ३, सवारी ज्यान सम्बन्धि ४, ज्यान मार्ने उद्योग १, नकावजनी चोरीका २ र सवारि अङ्गभङ्ग सम्बन्धि १ मुद्दा दर्ता छन् । भने इलाका प्रहरी कार्यालय पाटनमा भवितव्यं ज्यान सम्बन्धि ९, फुटकर ज्यानका ५, झुण्डीएर मृत्यु सम्बन्धि १४, कर्तव्य ज्यान ४, बिस सेवन १, अभद्र व्यवहार २, जबर्जस्ती करणीका २ र चोरी सम्बन्धि १ मद्दा दर्ता छन् ।

पछिल्लो समय समाजमा अपराधीक गतिविधिहरु बड्दै गइरहेकाले यस्ता अपराधिक गतिविधिहरुको न्युनिकरणमा प्रहरी मात्रै नभई सवैले आ-आफ्नो क्षेत्र बाट सहयोग गर्न प्रहरीले आग्रह समेत गरेको छ । क्षणिक स्वार्थका लागि कसैलाइ अवरोध पुर्‍याउनु भन्दा सहयोगी भावनाले समाजमा सहकार्य गरी समाज सुधारमा सबैले लाग्नु पर्नेमा प्रहरीले जोड दिएको छ ।

Loading...