सुदू्रपश्चिममा कोरोनाका कारण दुई जनाको मुत्यु





अत्तरिया, ७ फागुन– कोरोनाको कारणको सुदूरपश्चिममा दुई जनाको मुत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं. १ बस्ने ६८ वर्षिय पुरुषको मुत्यु भएको हो । उनी गत महिनाको २६ गते स्वास्थ्यमा समस्या आएर अस्पताल पुगेका थिए । २७ गते कोभिड परीक्षण गराएकोमा पोजेटिभ रिपोट आई कोरोना अस्पताल धनगढीमा उपचाररत थिए ।


उपचाररत उनको करिब १ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं. १ का ८२ वर्षीय वृद्धको पनि कोरोनाको कारण मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार उनी कोरोना संक्रमित भएर डडेल्धुरा अस्पतालमा उपचाररत थिए ।



