‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने मूल नाराका साथ आज छैटौँ निर्वाचन दिवस मनाइँदै

काठमाडौँ, ७ फागुन– ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने मूल नाराका साथ आज छैटौँ निर्वाचन दिवस मनाइँदैछ। नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको स्मरण गर्दै यस वर्षको निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन लागिएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदातालाई शुझकामना दिदैँ आगामी स्थानीय तह निर्वाचनमा स्वतः स्फूर्त सक्रिय एवं उत्साहजनक रूपमा सहभागी हुन आह्वान गरेका छन्। स्थानीय तहको निर्वाचन तीव्र तयारीकै बीचमा यसपटक निर्वाचन दिवस’ मनाइँदैछ। सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबारका दिन एकै चरणमा हुने गरी घोषणा भइसकेको छ। विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो।

Navadurga sun
Godawari sandesh

आयोगसँग निर्वाचन व्यवस्थापनका साढे छ दशकभन्दा लामो सफल प्रेरणादायी अनुभव र गौरवमय इतिहास छ। मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा नीहित सार्वभौमसत्ता, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ।

Dadeldhura hospital

आयोगले निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनियता प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता आवधिक निर्वाचन, बालिग मताधिकार र जनताको प्रतिस्पर्धात्म बहुदलीय शासन प्रणालीको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी आयोगले कुशलतापूर्वक सम्पादन गरेको छ।

नेपालमा संविधान जारी भएपछि विसं २०७४ मा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका सदस्यको निर्वाचन तथा यसपछि सम्पन्न भएका उपनिर्वाचन र राष्ट्रिय सदस्य निर्वाचनबान देशभर करिब ४१ हजार ७०० जनप्रनिधिति शासकीय प्रणालीमा सहभागी हुन सफल भएका छन्।

निर्वाचन प्रतिनिधि छान्ने प्रकृया मात्र नभई जनतालाई शक्तिशाली बनाउने लोकतन्त्रको मेरुदण्ड पनि हो। पछिल्लो समय खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुशरण र सामाजिक चेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्न आवश्यक छ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सन्देशमा भनेका छन्, “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको हाम्रो संकल्प पूरा होस् भन्ने हाम्रो दृढ धारणा छ।” अघिल्लो तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको पदावधि संविधान र ऐनअनुसार आगामी जेठ ५ गते समाप्त हुने भएकाले सो अगावै निर्वाचन गर्न स्थानीय तहको निर्वाचन घोषणा भएको आयोगले जनाएको छ।

निर्वाचनलाई व्यवस्थित तुल्याउन मौजुदा नीतिगत, कानुनी र संस्थागत व्यवस्था उपयोग गर्दै आवश्यक तयारी कार्यलाई प्रभावकारी रुपमा सम्पादन गर्दैआएको छ। निर्वाचन प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला मात्र नभई आफूले रोजेको जनप्रतिनिधिमार्फत शासन गर्न पाउने जनताका अधिकारलाई वैधता प्रदान गर्ने माध्यम हो। प्रमुख आयुक्त थपलियाले आयोगको नीतिगत व्यवस्था कार्यान्वयनमा ‘निर्वाचन आयोगको नेतृत्व सवै सरोकारबालाको दायित्व’ भन्ने मूल मन्त्रालय आत्मसात गरी निर्वाचनमा सहभागी जनाउन सम्पूर्ण सरोकारवालालाई आग्रह गरेका छन्।

Loading...