बैतडीमा डेढ महिनापछि हवाई सेवा पुनः सञ्चालन

बैतडी, ६ फागुन- बैतडीको हवाई सेवा डेढ महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो । मौसम खराब र यात्रु नपाउँदा डेढ महिनादेखि बन्द रहेको हवाई सेवा सञ्चालनमा आएको समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारी दिए ।

Dadeldhura hospital

यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा हुन सकेको थिएन, मौसम सुधार भएपछि सञ्चालनमा आएको भट्टले बताए । भट्टका अनुसार आज धनगढीबाट १३ यात्रु लिएर आएको र यहाँबाट १८ यात्रु लगेर जहाज गएको बताएका छन् । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको छ ।

Navadurga sun
Godawari sandesh

गत डेढ महिनामा तराईमा हुस्सु नै पहाडमा वर्षा र हिमपातले गर्दा उडान हुन नसकेको हो । मौसम सफा हुँदै गएकाले अब साताको एकदिन शुक्रबार नियमित उडान हुने जनाइएको छ । १८ यात्रु क्षमताको समिट एयरको जहाजको बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार १ सय रुपैयाँ छ  । १७ मिनेटमा पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीयले बताएका छन् ।

धनगढीबाट बिहान १० बजे र बैतडीबाट बिहान साढे १० बजे समिट एयरले उडान भर्दै आएको छ । शुरुमा ३ हजार ८५० रुपैयाँ भाडा भए पनि इन्धनको मूल्य बढेर ४ हजार १ सय पुगेको हो । गत वर्ष पनि एक महिना खराब मौसमका कारण एक महिना हवाई सेवा बन्द भएको थियो । पाटन विमानस्थल २६ वर्षपछि २०७७ असोज अन्तिम साताबाट पुनः सञ्चालनमा आएको थियो । वि.स २०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो ।

Loading...