जन्मदिनको अवसर पारी शैक्षिक सामग्री वितरण

प्रकाशबहादुर बोहरा
अत्तरिया, ६ फागुन- कैलालीको गोदावरी नगरपालिका वडा नं.२ अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जन्म दिनको अवसर पारी उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

कञ्चनपुरको कृष्णपुर निवासी युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा नेकपा एकिकृत समाजवादीका युवा नेता जितेन्द्र रावलले आफ्नो ३१ औं जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कापी, डटपेन, चोखोपन लगायतका सामाग्री प्रदान गरेका हुन् ।

Navadurga sun

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रावलले जन्मदिनको नाममा हुने फजुल खर्चलाई कटाएर विद्यार्थीहरुको पढाईमा लगाएको बताए । जन्मदिनमा साथीभाई जम्मा भएर होटलमा फजुल खर्च गर्नु भन्दा आफुले बालबालिकाका लागि खर्च गरेको बताए ।

बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि ४५ कापी, ४५ डटपेन र ६० चोखोपन लगायत २ हजार ५ सय ५० रुपैया बराबरको सामग्रीहरु वितरण गरेका हुन् भने कार्यक्रमको संचालन विद्यालयका शिक्षिका कुष्मा जोशीले गरेकी थिइन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...