डडेल्धुरामा कुटपिट गरी युवकको हत्याको आरोपमा तीन जना पक्राउ

डडेल्धुरा, ३ फागुन- डडेल्धुरामा मादक पदार्थ सेवन गरेर एक जनालाई कुटपिट गरी हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाको घरेलु नजिक घाइते अवस्थामा छोडिएका डोटीका एक जना युवकको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

उनीहरुले डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ घर भएका ३५ वर्षका बसन्त सिजापतिलाई जिल्लाको परशुराम नगरपालिकाबाट कुटपिट गरी आलातिाल गाउँपालिकाको घरेलु र लामजिलेको बीचमा पर्ने पुलमा अचेत अवस्थामा छाडेका थिए ।

Navadurga sun
Godawari sandesh

मृतक सिजापतिको कुटपिट गरी हत्या गरेको आरोपमा परशुराम नगरपालिका वडा नं. १२ का आशिष बराल, आलीताल गाउँपालिका वडा नं. ८ अन्दाजी १८ वर्षका पुजन लोहनी र परशुराम नगरपालिका वडा नं. १२ का अटो रिक्सा चालक तेजबहादुर बिकलाई पक्राउ गरिएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

Loading...