ट्याङकर दुर्घटनामा एक जनाको मृत्यु





डोटी, २९ माघ- बुडरबाट जोरायलतर्फ जाँदै गरेको से.१ क २१५ नम्बरको पानी बोक्ने ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


सडकबाट ट्याङकर करिब २० मिटर तल खसेर दुर्घटना हुँदा जोरायल गाउँपालिका वडा नंं. २ बुडरका ४२ वर्षीय सुनिल ऐरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक फरार रहेका छन् र उनको खोजी भइरहेको छ ।



